बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय
nepallive.com · Sun Aug 30 16:59:37 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीको सचिलायले जनाएको छ । नुवाकोटमा २,२७४ जना नागरिकले १६ वटा आश्रयस्थल तथा शिविरहरूमा आश्रय लिएका हुन्।
जसमध्ये विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफहाउस⁄किरियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर्ड हल तथा देविघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा सञ्चालित आश्रय स्थलमा राखिएको छ।
Read full story at source (nepallive.com)