सन् २०२७ को एकदिवसीय विश्वकपका लागि १२ आयोजक सहरको टुङ्गो
ratopati.com · Fri Jul 31 07:28:38 GMT 2026
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२७ को पुरुष एकदिवसीय (ओडीआई) विश्वकपका लागि १२ वटा आयोजक सहरहरूको टुङ्गो लगाएको छ। २४ वर्षपछि पहिलो पटक दक्षिणी अफ्रिकामा यो प्रतियोगिता आयोजना हुन लागेको हो।
कुल ५४ वटा खेलमध्ये अधिकांश खेलहरू दक्षिण अफ्रिकाका जोहानेसबर्ग, सेन्चुरियन, डरबन, गेबेर्हा, कुगोम्पो सिटी, केप टाउन, पार्ल र ब्लोमफोन्टेनमा हुनेछन्। प्रतियोगिताको फाइनल खेल जोहानेसबर्गको वान्डरर्स वा केप टाउनको न्युल्यान्डमा हुनेछ। जिम्बाब्वेका हरारे, बुलावायो र भिक्टोरिया फल्स गरी तीन शहरमा सातदेखि १० वटासम्म खेलहरू सञ्चालन हुनेछन्। नामिबियाको विन्डहोकले कम्तीमा तीन वटा खेलको आयोजना गर्नेछ।
Read full story at source (ratopati.com)