दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
arthasansar.com · Fri Jul 31 07:30:51 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। सीआईबी टोलीले आज उनलाई राजधानीको बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।
सीआईबीले भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेको बुझिएको छ। भण्डारी तत्कालीन समय प्राधिकरणमा माओवादी कोटाबाट नियुक्त भएका थिए।
Read full story at source (arthasansar.com)