कर्णाली, मध्यपहाडी राजमार्गसहित ८ सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान
ratopati.com · Fri Jul 31 07:37:33 GMT 2026

काठमाडौँ । सडक डिभिजन कार्यालय सुर्खेतले कर्णाली र मध्यपहाडी राजमार्गसहित प्रदेशका प्रमुख ८ वटा सडक आयोजनाको स्तरोन्नति, मर्मतसम्भार तथा सुरक्षा पूर्वाधार निर्माणका लागि ठेक्का (बोलपत्र) आह्वान गरेको छ । डिभिजन कार्यालयले साउन १५ गते एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका निर्माण व्यवसायीहरूबाट ई–बोलपत्र पेस गर्न आग्रह गरेको हो ।
कार्यालयका अनुसार कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला), मध्यपहाडी राजमार्ग, रत्न राजमार्ग, सुर्खेत–दैलेख र छिन्चु–जाजरकोट सडक खण्डका विभिन्न स्थानमा सडक स्तरोन्नति, नाली निर्माण, पहिरो रोकथाम र ट्राफिक सुरक्षाका काम गरिनेछ ।
Read full story at source (ratopati.com)