रास्वपाका सभापति लामिछानेले गरे धार्मिक अगुवासँग छलफल
annapurnapost.com · Fri Jul 31 06:55:00 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाल, मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका हुन् ।
त्यस्तै सामाजिक सद्भाव कायम राख्न सभापति लामिछानेले एकसाथ उनीहरुसँग छलफल गरेका हुन्। लामिछानेले अगुवाहरूलाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा भइरहेको प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरे। समुदायस्तरबाट सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको धार्मिक अगुवाले प्रतिबद्धता व्यक्त गरेका छन्।
Read full story at source (annapurnapost.com)