संघीय संसद्मा एकै दिन ६ वटा विधेयक दर्ता
barnanmedia.com · Fri Jul 31 07:30:50 GMT 2026

काठमाडौं । संघीय संसद्मा एकै दिन ६ वटा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा चार वटा र राष्ट्रिय सभामा दुइ वटा विधेयक दर्ता भएको छ ।
प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, खानी तथा खनिज पदार्थ विधेयक र संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक दर्ता भएको हो ।
Read full story at source (barnanmedia.com)