नाउरूले देशको नाम राख्यो ‘रिपब्लिक अफ नाओएरो’
onlinekhabar.com · Fri Jul 31 07:49:22 GMT 2026

१५ साउन, काठमाडौं । प्रशान्त महासागरीय टापु राष्ट्र नाउरूले आफ्नो देशको नाम आधिकारिक रूपमा बदलेर ‘ रिपब्लिक अफ नाओएरो ‘ राखेको छ। राष्ट्रिय पहिचान र सांस्कृतिक सम्पदालाई बलियो बनाउन उसले आफ्नो परम्परागत नाम पुनः कायम गरेको हो।
नाउरूको संसद्ले गत मे महिनामा देशको नाम फेर्न संवैधानिक संशोधन पारित गरेको थियो। सुरुमा यसका लागि राष्ट्रिय जनमतसंग्रह गराउने योजना बनाइएको थियो। तर राष्ट्रपति डेभिड एडियाङले बुधबार राति सोसल मिडियामा एक पोस्ट गर्दै जनमतसंग्रहको योजना रद्ध गरिएको जानकारी दिएका छन्।
Read full story at source (onlinekhabar.com)