अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा
nepalsamaya.com · Fri Jul 31 08:05:40 GMT 2026

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार लगायतका मध्यस्थकर्ताहरूलाई यस सम्झौतामा पुग्नको लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका गरेका छन्।
सामाजिक सञ्जाल ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणमा सहमती जनाउदै ऐतिहासिक सम्झौतामा पुगेको बताएका छन्। उनले यस सम्झौतालाई स्थायी शान्ति र सुरक्षाको मार्गमा एउटा महत्वपूर्ण कदम भएको बताएका छन्। उनका अनुसार सम्झौता सावधानीपूर्वक संरचित चरणहरू मार्फत कार्यान्वयन गरिनेछ; भने निशस्त्रीकरण पूरा भए पछि, इजरायली सेनाहरू फिर्ता हुनेछन्।
Read full story at source (nepalsamaya.com)