लोकतन्त्रमा अस्वीकार्य निगरानी
nepalnews.com · Fri Jul 31 08:16:55 GMT 2026

लोकतन्त्रको सबैभन्दा औपचारिक र संस्थागत उत्सव मानिन्छ, निर्वाचन। यसको वास्तविक अर्थ मतदानको दिन हुने एउटा प्रशासनिक कार्यभन्दा धेरै गहिरो छ। निर्वाचन त्यो प्रक्रिया हो, जहाँ नागरिक सर्वोच्च लोकतान्त्रिक अधिकार प्रयोग गर्दै सत्ताको अन्तिम निर्णायक बनेर आफ्ना प्रतिनिधि चयन गर्छन्। त्यसैले लोकतन्त्रमा निर्वाचनको विश्वसनीयता कुनै एउटा संस्थाको प्रतिष्ठासँग मात्र जोडिएको हुँदैन, त्यसले सम्पूर्ण राजनीतिक व्यवस्थाको वैधतालाई निर्धारण गर्छ। नागरिकले आफ्नो मतदान गोप्य छ, मत सुरक्षित छ र निष्पक्ष रूपमा गणना हुन्छ भन्ने विश्वास गुमाउन थालेपछि लोकतन्त्र कानुनी रूपमा जीवित रहे पनि नैतिक रूपमा कमजोर हुन थाल्छ।
पछिल्लो समय मतदान केन्द्रमा सीसीटीभी क्यामेरा जडान गर्ने प्रस्तावले नयाँ बहस सुरु भएको छ। सामान्य रूपमा हेर्दा यो प्रस्ताव आधुनिक प्रविधिअनुकूल र व्यावहारिक देखिन्छ। किनकि सार्वजनिक जीवनका प्रायः सबै क्षेत्रमा निगरानी प्रविधिको प्रयोग विस्तार भइरहेको बेला निर्वाचनमा पनि त्यसको उपयोग हुनुपर्छ भन्ने तर्क स्वाभाविक लाग्छ। मतदान केन्द्रहरूमा हुने गतिविधिको भरपर्दो अभिलेख रहने, कर्मचारी र सुरक्षाकर्मी थप उत्तरदायी बन्ने, मतपेटिकाको सुरक्षामा विश्वास बढ्ने तथा विवाद उत्पन्न भए प्रमाणका रूपमा भिडिओ फुटेज उपयोग गर्न सकिने अपेक्षा असान्दर्भिक पक्कै होइन।
Read full story at source (nepalnews.com)