मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी
barnanmedia.com · Fri Jul 31 08:13:57 GMT 2026

काठमाडौं । सिरहामा गोली लागेर मृत्यु भएका गणेश यादवका आफन्त र छिमेकीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङविरुद्ध शुक्रबार (साउन १५) प्रदर्शन गरेका छन् ।
सुनसरी घटनाको विरोधमा बिहीबार (साउन १४) सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा औरही गाउँपालिका–२, तुलसियाहीका १५ वर्षीय गणेशको मृत्यु भएको थियो । शुक्रबार गृहमन्त्री गुरुङले गणेशको परिवारलाई भेट्दै छन् । यो खबर थाहा पाएपछि स्थानीयले त्यहाँको बनिनिया चोकमा प्रदर्शन गरेका हुन् ।
Read full story at source (barnanmedia.com)