प्रधानमन्त्री बालेन शाहसँग मधेसका नेताहरूको छलफल, सामाजिक सद्भाव कायम गर्न आग्रह
kalakarmi.com · Fri Jul 31 08:22:30 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका नेताहरूसँग पछिल्लो समय देखिएको हिंसात्मक घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गरेका छन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा फैलिँदै गएको तनाव रोक्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।
महतोले केही दिनअघि आफूहरूले आठ बुँदे निर्णय गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जानकारी गराएको र आज प्रधानमन्त्रीलाई समेत त्यसबारे अवगत गराएको बताए । ‘यो घटना मधेसमा आगोको रूपमा फैलिरहेको छ, त्यसलाई रोक्नुपर्छ । राज्यले रेस्पोन्स नगरेपछि यो रोकिँदैन,’ उनले भने ।
Read full story at source (kalakarmi.com)