पृथ्वीमा विरोध बढेपछि अन्तरिक्षमा डेटा सेन्टरः चिप्सलाई अन्तरिक्षमै चिस्याउने प्रविधि विकास
techpana.com · Fri Jul 31 08:41:42 GMT 2026

काठमाडौं । पृथ्वीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सञ्चालन गर्न आवश्यक डेटा सेन्टरहरूको तीव्र विस्तारविरुद्ध विरोध बढ्दै गएपछि अत्यधिक ऊर्जा खपत गर्ने यी पूर्वाधारहरूलाई अन्तरिक्षमा राख्ने अवधारणाप्रति चासो बढ्न थालेको छ । अनुसन्धानकर्ताहरूले उक्त लक्ष्यको एउटा प्रमुख चुनौती समाधान गर्ने उपाय फेला पारेको दाबी पनि गरेका छन् । अर्थात् वैज्ञानिकहरूले अन्तरिक्षमा रहेका डेटा सेन्टरलाई प्रभावकारी रूपमा चिस्याउने (कुलिङ) प्रविधि विकास गरेको दाबी गरेका हुन् ।
न्यूयोर्क टाइम्सका अनुसार क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्यालटेक) र कक्षीय (अर्बिटल) अन्तरिक्ष कम्प्युटिङमा केन्द्रित स्टार्टअप सोफिया स्पेसले बिहीबार अन्तरिक्षमा डेटा सेन्टर सञ्चालनका लागि विकसित गरेको कुलिङ प्रणालीको पेटेन्ट प्राप्त गरेको घोषणा गरेका छन् ।
Read full story at source (techpana.com)