शान्ति र संयमता अपनाउन नाडाको अपिल
arthasansar.com · Fri Jul 31 08:46:38 GMT 2026

पूर्वी नेपाल, विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका केही जिल्लाहरूमा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जित असहज परिस्थितिप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।
नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र हो। विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अनुपम उदाहरणका रूपमा नेपाल विश्वमै परिचित रहँदै आएको छ। यही सामाजिक एकता र राष्ट्रिय सद्भाव हाम्रो सबैभन्दा ठूलो शक्ति हो। नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको छ। तर, कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्याउने कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन सक्दैन।
Read full story at source (arthasansar.com)