नारायणघाट–मुग्लिन सडकको खहरे खोलामा पहिरोको जोखिम
ratopati.com · Fri Jul 31 09:02:11 GMT 2026

काठमाडौँ । देशकै लाइफलाइन नारायणघाट–मुग्लिन सडक खण्डको खहरे खोला नजिकै नयाँ स्थानमा पहिरोको उच्च जोखिम देखिएको छ । मुग्लिनबाट करिब ५५० मिटर नारायणघाटतर्फ (चेनेज ३५.१५०) रहेको पहाडी भूभागमा पहिरो खसेपछि प्राविधिक टोलीले अध्ययन गर्दा सो स्थानमा थप पहिरो खस्ने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको हो ।
सडकमा नयाँ जोखिम सिर्जना भएसँगै सडक डिभिजन कार्यालय भरतपुरले सूचना जारी गर्दै उक्त सडक भएर आवतजावत गर्ने सर्वसाधारण तथा सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।
Read full story at source (ratopati.com)