स्वास्थ्य मन्त्रालयमा ठूलो फेरबदल: अब एक सचिव मात्रै, १२औँ तहका अतिरिक्त सचिवका पद खारेज
kalakarmi.com · Fri Jul 31 09:03:54 GMT 2026

काठमाडौं- सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन संरचनामा व्यापक पुनर्संरचना गर्ने तयारी गरेको छ । प्रस्तावित नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचनाअनुसार अब मन्त्रालयको नेतृत्व एकजना सचिवले मात्रै गर्नेछन् भने हाल रहेका १२औँ तहका अतिरिक्त स्वास्थ्य सचिवका सबै पद खारेज गरिने प्रस्ताव गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत भई प्राप्त ओएन्डएम सर्वेक्षण प्रतिवेदनले मन्त्रालयलाई थप चुस्त, प्रविधिमैत्री र सेवा प्रवाहमुखी बनाउने उद्देश्यसहित नयाँ प्रशासनिक ढाँचा प्रस्ताव गरेको हो । नयाँ संरचनाअनुसार मन्त्रालयमा नीति, योजना तथा अनुसन्धान, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन, जनस्वास्थ्य समन्वय तथा सूचना प्रविधि र प्रशासन गरी चार प्रमुख महाशाखा रहनेछन् ।
Read full story at source (kalakarmi.com)