सन् २०२५ को आरोहण सिजनमा १५ आरोहीको निधन, ४ जना अझै बेपत्ता
ratopati.com · Fri Jul 31 09:05:17 GMT 2026

काठमाडौँ । सन् २०२५ को हिमाल आरोहण सिजनमा १५ जना आरोहीहरूको मृत्यु भएको छ । पर्यटन विभागले आज सार्वजनिक गरेको ‘माउन्टेनियरिङ इन नेपालः फ्याक्ट्स एण्ड फिगर्स २०२६’ प्रतिवेदन अनुसार वर्षभरिमा विभिन्न हिमाल आरोहणका क्रममा १५ जना आरोहीको ज्यान गएको छ भने ४ जना आरोही बेपत्ता भएका छन् ।
ज्यान गुमाउनेहरूमा अस्ट्रिया, रुस, फ्रान्स, रोमानिया, भारत, इटाली, फिलिपिन्स र नेपालका अनुभवी शेर्पा आरोहीहरू रहेका छन् । अधिकांश दुर्घटनाहरू खराब मौसम, हिमाली प्रतिकूलता र उचाइका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएका हुन ।
Read full story at source (ratopati.com)