मेलमिलाप र सद्भावका लागि ‘प्रेम’ चाहिन्छ : झाक्री
ratopati.com · Fri Jul 31 09:10:48 GMT 2026

काठमाडौँ । राष्ट्रियसभा सदस्य रामकुमारी झाक्रीले मेलमिलाप र सद्भावका लागि ‘प्रेम’ चाहिने भन्दै अहिले सुनसरी लगायत मधेसका जिल्लाहरूमा फैलिएको साम्प्रदायिक द्वन्द्व नियन्त्रणका लागि प्रेम आवश्यक रहेको बताएकी छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद झाक्रीले कुनै पनि विभाजन, विखण्डन वा आत्मदाहजस्ता विषय अस्वीकार्य हुने भन्दै त्यसका लागि सरोकारवाला सबैले आ–आफ्नो स्थानबाट सद्भाव र मेलमिलापको वातावरण बनाउनुपर्ने बताइन् । अहिलेको अवस्था आउनुमा वर्तमान सरकारमा रहेका कतिपय नेता तथा कार्यकर्ताहरूका घृणा र द्वेषयुक्त अभिव्यक्ति र फेसबुक स्ट्याटसले समेत काम गरेको बताइन् ।
Read full story at source (ratopati.com)