एक वर्षमै कालोपत्रे सडक भत्किनुको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन
ratopati.com · Fri Jul 31 09:19:32 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले यसको वास्तविक कारण पहिचान गरी सुधारका उपाय अवलम्बन गर्नुपर्ने बताएका हुन्।
दाङको राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना निर्माणदेखि कार्यान्वयनसम्मका सम्पूर्ण प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए।
Read full story at source (ratopati.com)