पाकिस्तानमा बेपत्ता पर्वतारोहीको उद्धारमा समन्वय भइरहेको छ : परराष्ट्र मन्त्रालय
baahrakhari.com · Fri Jul 31 09:27:48 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी बेपत्ता भएका नेपाली पर्वतारोहीहरूको छिटो र सुरक्षित उद्धार गर्न पाकिस्तानका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै समन्वय भइरहेको जनाएको हो ।“इस्लामावादस्थित हाम्रो दूतावासले प्रभावित सबै पर्वतारोहीहरूको छिटो र सुरक्षित उद्धारको सहजीकरणको लागि अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) लगायत पाकिस्तानका सबै सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।
Read full story at source (baahrakhari.com)