आन्तरिक विवादबिच प्रदेश सरकार बनाउन के गर्दैछन् एमाले–नेकपा ?
ratopati.com · Fri Jul 31 09:30:00 GMT 2026

काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच भएको तीन बुँदे सहमतिलाई लिएर दुवै पार्टीमा असन्तुष्टि बढेका कारण प्रदेश सरकार गठनमा समस्या देखिएको छ । विगतका कमी–कमजोरीको गम्भीर समीक्षा नगरी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता स्वार्थ केन्द्रित सहमति गरेको भन्दै दुवै पार्टीमा असन्तुष्टि बढेको देखिन्छ ।
साउन ९ गते भएको सहमति अनुसार एमालेले कोशी, बागमती, लुम्बिनी प्रदेश र नेकपाले सुदूरपश्चिम, कर्णाली प्रदेश सरकारको नेतृत्व लिने सहमति भएको थियो । यसैगरी मधेस र गण्डकी प्रदेश सरकार गठन सम्बन्धमा अन्य पार्टीसँग परामर्श गर्ने सहमति भएको थियो ।
Read full story at source (ratopati.com)