मधेशकेन्द्रित दलसँग प्रधानमन्त्री शाहको दुई घण्टा : के के भए कुराकानी?
himalpress.com · Fri Jul 31 09:48:39 GMT 2026

काठमाडौँ- मधेशकेन्द्रित राजनीतिक दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार प्रधानमन्त्री शाहसँगको छलफलपछि मधेश केन्द्रित दलका नेताहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘प्रधानमन्त्री इन्टरएक्टिभ हुनुहुन्न, संवाद छलफल गर्न रुचाउनु हुँदैन भन्ने थियो, मैथिली बोल्न जान्नु हुन्छ कि हुन्न भन्ने आशंकाहरू थिए,’ हिमालप्रेससँग मधेशकेन्द्रित दलका नेता रामकुमार शर्माले भने, ‘दुई घन्टासम्म छलफल भयो, इन्टरएक्टिभ बैठक भयो। प्रधानमन्त्रीज्यूले नेपाली र मैथिली दुवै भाषामा संवाद गर्नुभयो। बैठक सरकारात्मक भएको छ।’
Read full story at source (himalpress.com)