विराटनगरमा सद्भाव र्याली
ratopati.com · Fri Jul 31 10:22:02 GMT 2026

विराटनगर । विराटनगरमा आज सद्भाव र्याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालयकै अगुवाइमा निकालिएको सद्भाव र्यालीमा विभिन्न धर्मगुरुका साथै स्थानीय अगुवाको सहभागिता थियो ।
सुनसरीको देवानगञ्ज ३ कप्तानगञ्जमा गएको आइतबार राती दुई समूहकाबिच भएको झडपका क्रममा दुई जनाको ज्यान गएको थियो । त्यसपछि देशैभर प्रदर्शनहरू उग्र बन्दै गएपछि सरकारी संयन्त्रकै पहलमा सद्भाव र्याली निकालिएको हो ।
Read full story at source (ratopati.com)