दोहोरो अङ्कले बढ्यो नेप्से
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक अङ्कले बढेर १८४ दशमलव ५९ मा पुगेको छ ।
Read full story at source (hamrakura.com)