‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
ratopati.com · Sun Jun 07 18:07:10 GMT 2026

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सको छाता सङ्गठन नेपालस्थित एयरलाइन्स प्रतिनिधिको बोर्ड (बार्न) को अध्यक्षमा अनिल घिमिरे निर्वाचित भएका छन् ।
बार्नको भर्खरै सम्पन्न वार्षिक साधारण सभा एवं निर्वाचनबाट सन् २०२६–२०२८ का लागि घिमिरेको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा भोलाविक्रम थापा, द्वितीय उपाध्यक्षमा अभित श्रेष्ठ, महासचिवमा सरिक बोगटी तथा कोषाध्यक्षमा नवराज शाही निर्वाचित भएको बार्नले जनाएको छ ।
Read full story at source (ratopati.com)