नेप्सेमा हरियाली फर्कियो, कारोबार रकम पनि बढ्यो
kalakarmi.com · Fri Jul 31 10:25:00 GMT 2026

काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ । लगातार चार कारोबार दिनसम्म ओरालो लागेको बजार शुक्रवार भने १२.९६ अंकले बढेर २,६८५.८४ बिन्दुमा पुगेको हो ।
यद्यपि शुक्रवार बजारमा हरियाली देखिए पनि समग्र साप्ताहिक कारोबारको हिसाबले नेप्से अझै दबाबमै रह्यो । गत शुक्रवार २,७३४ अंकमा रहेको परिसूचक यो साताभरको उतारचढावपछि करिब ४९ अंकले घटेको छ । बजार विश्लेषकहरूका अनुसार पूर्वी तराईमा विकसित पछिल्लो असहज अवस्था तथा त्यसले लगानीकर्तामा सिर्जना गरेको मनोवैज्ञानिक असरले यो साताको बजारलाई प्रभावित बनाएको थियो । शुक्रवार कारोबार रकममा पनि केही सुधार देखियो ।
Read full story at source (kalakarmi.com)