आरोहणमा अघि निर्मल पुर्जाको पोष्ट : ब्रोड पिकसँग मेरो एउटै प्रार्थना छ, सुरक्षित रूपमा पुग्न र फर्कन देऊ!
nepalsamaya.com · Fri Jul 31 10:39:45 GMT 2026
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरो जाँदा ६ नेपालीसहित १० आरोहीको खोजी र उद्धार जारी रहेको छ। पाकिस्तान अल्पाइन क्लबका अनुसार मृत्यु हुनेमा ओमानकी नधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (युक्त) रहेका छन्। बाँकी दुई जनाको पहिचान हुन बाँकी रहेको बताइएको छ।
बेपत्ता हुनेमा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा समेत रहेका छन्। ब्रोड पिक आरोहणमा जानु अघि पुर्जाले सामाजिक सञ्जालमा भावुक स्ट्याटस लेखेको पाइएको छ। पुर्जाले आफ्नो स्ट्याटसमा आफुले कुनै पनि हिमाललाई कहिल्यै सामान्य नठान्ने र आधार शिविरबाट पाइला चाल्ने क्षणदेखि नै सम्पूर्ण समर्पण त्यसैमा हुने उल्लेख गरेका छन्।
Read full story at source (nepalsamaya.com)