फिफाले जनायो खुला परामर्श जारी राख्ने प्रतिबद्धता
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च प्रशासकीय निकाय फिफाले प्रस्तावित निजी लगानी योजनाको विषयमा उठेका व्यापक विरोध र आलोचनाबीच सदस्य राष्ट्र तथा सम्बन्धित सबै पक्षसँग खुला र लोकतान्त्रिक परामर्श प्रक्रिया जारी राख्ने प्रतिबद्धता जनाएको छ। फिफाले कसैले पनि फुटबल बेच्न नखोजेको स्पष्ट पार्दै योजनाबारे अन्तिम निर्णय सदस्य सङ्घहरूको रायका आधारमा मात्र हुने जनाएको छ।
फिफाले जारी गरेको विज्ञप्तिमा आफ्ना सबै २११ सदस्य सङ्घलाई प्रस्तावबारे तथ्यका आधारमा धारणा राख्ने समान अवसर उपलब्ध गराइने र हालसम्म उठेका प्रतिक्रिया तथा चिन्तालाई सम्मान गरिने उल्लेख छ। फुटबलको स्वामित्व हस्तान्तरण गर्ने कुनै उद्देश्य नरहेको र यो एजेन्डामा समेत नरहेको स्पष्ट पार्दै संस्थाले सञ्चारमाध्यममा आएका गलत विवरणका कारण परामर्श प्रक्रिया प्रभावित भएको दाबी गरेको छ।
Read full story at source (hamrakura.com)