लुम्बिनीमा मन्त्रालय बाँडफाँटको गृहकार्य, मुख्यमन्त्री आचार्यले थाले दलहरूसँग छलफल
shilapatra.com · Fri Jul 31 10:42:00 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी हुने दलहरूसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल सुरु गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी) मा सरकारमा सहभागी दलका नेताहरूसँग छलफल सुरु भएको हो ।
छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दल नेता जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारु, पूर्वमन्त्री दिपेन्द्र पुन सहभागी छन् । नेकपा एमालेबाट कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरी तथा जनता समाजवादी पार्टी नेपालका तर्फबाट युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डे र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर सहभागी छन् ।
Read full story at source (shilapatra.com)