सामाजिक सद्भाव भड्काएको आरोपमा सिरहामा पाँचजना पक्राउ
annapurnapost.com · Fri Jul 31 10:52:47 GMT 2026

सिरहा : सिरहा प्रहरीले साम्प्रदायिक र सामाजिक सद्भावमा खलल पुऱ्याउने पाँचजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गोलबजारबाट दुईजना र सदरमुकाम सिरहाबाट ३ जना रहेको प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालले जानकारी गराए ।
फिल्डमै खटिएकोले उनीहरूको नाम र ठेगाना खुलाउन नसकिएको उनले सुनाए । पछिल्लो समय सुनसरीको घटनालाई लिएर सिरहा जिल्लाको ठाउँठाउँ आन्दोलन चर्केको छ ।
Read full story at source (annapurnapost.com)