प्रधानमन्त्रीले भने– ‘म हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा’ छैन
baahrakhari.com · Fri Jul 31 11:10:27 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको बताएका छन् । मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग शुक्रबार छलफलका क्रममा प्रधानमन्त्री शाहले उक्त कुरा स्पष्ट पारेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए ।
उनले बाह्रखरीसित भने, “हामीले संघीयताको बारेमा संशय प्रकट गर्दा उहाँले हिन्दु राष्ट्र र राजावादीको पक्षमा आफू नरहेको भन्दै हामीलाई विश्वास दिलाउन खोज्नुभयो । राजसंस्था संघीयताको पक्षमा छैन भन्ने उहाँको भनाइ छ ।”
Read full story at source (baahrakhari.com)