मुलुकमा धार्मिक सहिष्णुता र सद्भाव बिग्रिँदै गएकोप्रति अर्यालको चिन्ता
ratopati.com · Fri Jul 31 11:21:56 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद उर्मिला अर्यालले मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेकी हुन्।
धार्मिक सहिष्णुता र सहअस्तित्वको मूल्यलाई संस्थागत गर्न सबै राजनीतिक दल र नागरिक समाजका अगुवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन्। उनले सुनसरीसहित मधेसी जिल्लामा उत्पन्न धार्मिक दङ्गा नियन्त्रणमा सरकारको सुरक्षा संयन्त्रको कमजोरी भएको समेत बताइन्।
Read full story at source (ratopati.com)