सद्भाव भड्काउने खोज्दै प्रहरी: आठ जना पक्राउ, थप निगरानी बढाइँदै
nagariknews.nagariknetwork.com · Fri Jul 31 11:27:54 GMT 2026

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा सुरु भएको साम्प्रदायिक तनाव क्रमशः तराईका अन्य जिल्लासम्म फैलिन थालेपछि सुरक्षा निकायले निगरानी र कानुनी कारबाहीलाई तीव्र बनाएको छ। पछिल्ला घटनाक्रमबीच सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिक भावना भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट पाँच जना र धनुषाबाट तीन जना गरी आठ जनालाई नियन्त्रणमा लिइएको हो। सामाजिक सद्भावमा खलल पुर्याउने, द्वेष फैलाउने तथा साम्प्रदायिक भावना भड्काउने कुनै पनि गतिविधि कानुनविपरीत रहेको भन्दै त्यस्ता कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)