वीरगन्जमा कहाँ कहाँ लाग्यो निषेधाज्ञा ?
ratopati.com · Fri Jul 31 11:32:42 GMT 2026

काठमाडौँ । वीरगन्जमा निषेधाज्ञा थप भएको छ । शुक्रबार बेलुक ५ बजे देखि शनिबार बिहान ६ बजे सम्म भेला, प्रदर्शन जुलुस गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ ।
बिहीबार पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको निषेधाज्ञा अनुसार पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा पाँच जना भन्दा बढी भेला, जुलुस र प्रदर्शन गर्न रोक लगाइएको छ ।
Read full story at source (ratopati.com)