जनगणनाका लागि गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या
onlinekhabar.com · Sun Sep 19 08:01:34 GMT 2021
३ असोज, बागलुङ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ ।
घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्याङ्क (जनगणना) कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिए । गत भदौ ३० देखि सुरुआत भएको सूचीकरणको काम यही असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।
Read full story at source (onlinekhabar.com)