प्रदेश प्रमुखको दाबी गण्डकीका सांसदले गरे खारेज, गाँजा विधेयक जस्ताको तस्तै पारित
ratopati.com · Fri Jul 31 11:58:42 GMT 2026

पोखरा । गत असार २५ गते गण्डकी प्रदेश सभाबाट गाँजा विधेयक सर्वसम्मतिले पारित भयो । उक्त विधेयक प्रदेश सभाले प्रमाणीकरणका लागि असार ३० गते प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पठायो ।
तर प्रदेश प्रमुख भट्टले विधेयक प्रमाणीकरण नगरी पुनर्विचारका लागि संसदमै फर्काइदिए । साउन ८ गते फिर्ता ल्याइएको विधेयकमाथि शुक्रबार प्रदेश सभामा पुनः छलफल भयो । सांसदहरूले यसअघि पारित भएकै विधेयक जस्ताको तस्तै प्रमाणीकरण हुनुपर्ने अडान राखेपछि दोस्रो पटक पनि विधेयक सर्वसम्मतिले पारित गरिएको छ । प्रदेश सरकारले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोग गर्ने व्यवस्था मिलाउन यो विधेयक बनाएको हो ।
Read full story at source (ratopati.com)