अर्जेन्टिनाले चीनबाट हुने आयातको भुक्तानी अबदेखि डलरको सट्टा युआन गर्ने
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : अर्जेन्टिनाले चीनबाट हुने आयातको लागि डलरको सट्टा युआनमा भुक्तानी गर्न थाल्ने भएको छ । देशको घट्दो डलर सञ्चितिमा राहत पुर्याउने उपायको रुपमा अर्जेन्टिना सरकारले बुधबार उक्त घोषणा गरेको हो । अप्रिलमा चीनबाट हुने करिब १ अर्ब डलर बराबरको आयातको भुक्तानी डलरको सट्टा युआनमा तिर्ने अर्जेन्टिनाको लक्ष्य रहेको छ । त्यसपछि, मासिक ७९ करोड डलर बराबरको आयात युआनमा भुक्तानी गरिने सरकारी विज्ञप्तिमा उल्लेख छ ।
अर्जेन्टिनाका अर्थमन्त्री सर्जियो मासाले चिनियाँ राजदूत जोउ सियाओली र विभिन्न क्षेत्रका कम्पनीहरुसँगको भेटपछि आयोजित कार्यक्रममा यो निर्णयबाट डलर बाहिरिने क्रम केही कम हुने उद्देश्य रहेको बताएका छन् । राजनीतिक अस्थिरता र खडेरीका कारण कृषि निर्यातमा आएको तीव्र गिरावटका बीच कारण अर्जेन्टिना डलर संकटसँग लडिरहेको छ ।
गत वर्ष नोभेम्बरमा अर्जेन्टिनाले विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन चीनसँग ५ अर्ब डलर बराबरको मुद्रा आदानप्रदान (करेन्सी स्वाप) गरेको थियो । आयात भुक्तानी युआनमा गर्ने सम्झौताले अर्जेन्टिनालाई आयातको दर बढाउने सम्भावनामा काम गर्न पनि मद्दत गर्नेछ ।
Read full story at source (nepalipaisa.com)