कोलकातामा भानुका दुई सालिक र ‘भानुभक्त सडक’ नामकरण
ratopati.com · Fri Jul 31 12:08:53 GMT 2026

काठमाडौँ । नेपाली जनकल्याण समिति, हावडाले यस वर्षको २१३औँ आदिकवि भानुभक्त आचार्य जयन्ती भारतको कोलकातामा सम्पन्न गरेको छ । पश्चिम बङ्गाल राज्यको हावडा मैदानमा आयोजित समारोहमा कविता वाचन, समितिको वार्षिक साहित्यिक पत्रिका ‘बिहानी’को भानुजयन्ती विशेषाङ्क–२०२६ को विमोचन, प्रतिष्ठित व्यक्तित्वलाई सम्मान र नेपाली–बङ्गाली सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो ।
सो अवसरमा साहित्यकार/पत्रकार श्याम रिमाल (काठमाडौँ), लीला अनमोल (झापा) र रण काफ्ले (असम, भारत)ले प्रवास र कोलकाता विषय समेटेर लेखिएको कविता वाचन गरे ।
Read full story at source (ratopati.com)