तीन वर्षदेखि बिपी क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क सञ्चालन
barnanmedia.com · Fri Jul 31 11:58:55 GMT 2026

चितवनकाे बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ५०० शैय्या मध्ये ३५० निःशुल्क रहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार ती निःशुल्क शैय्यामा बस्ने बिरामीलाई खानाको पनि सुबिधा रहेको छ । उन्नले भन्ने, “हाम्रो अस्पतालमा साधारण शैय्यामा तीन पटकको खानासहित निःशुल्क सेवा दिइँदै आएको छ ।” बिरामीलाई बिहान, दिउँसो र बेलुका अस्पतालले खाना खुवाउँदै आएको छ ।”
तीन वर्षअघिबाट अस्पतालले शैय्या निःशुल्क गरेको हो । क्याविन, पेइङ् वार्ड, पोष्टप, एचडियु, आइसियु र डे केयरमा आउने बिरामीसँग अस्पतालले न्यून शुल्क लिइरहेको छ । अस्पतालमा भारतीय सीमा क्षेत्र र नेपाल भरबाट बिरामी उपचार गर्न अस्पतालमा आउने गर्दछन् । न्यून जनशक्ति र स्रोतसाधनमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता अस्पतलामा छ ।
Read full story at source (barnanmedia.com)