अन्ततः ‘गुप्तबास’बाट बाहिरिए बालेन
ratopati.com · Fri Jul 31 12:10:11 GMT 2026

काठमाडौँ । सरकार बनेको चार महिनासम्म सिंहदरबारको चौघेराबाट बाहिर निस्किन नसकेको आरोप लागेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बिहीबारदेखि एकाएक राजनीतिक सक्रियता देखाएका छन् ।
प्रधानमन्त्री बने यता बालेनले राष्ट्रपतिसँग छुट्टै भेट गरेका थिएनन् । उनी सरकारको दैनिक कार्यसम्पादनमा सीमित रहँदै सेनाको एउटा कार्यक्रमबाहेक सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका छैनन् । निजी क्षेत्रलाई विश्वासमा लिन केही प्रतिनिधिमूलक व्यवसायीसँग छलफल गर्नुबाहेक उनले राजनीतिक भेटवार्तालाई समेत महत्त्व दिएका छैनन् ।
Read full story at source (ratopati.com)