कुवेतमा इरानी ड्रोन आक्रमणमा परी तेह्रथुमका तामाङको मृत्यु
annapurnapost.com · Fri Jul 31 12:15:06 GMT 2026

साउदी : कुवेतको उत्तरी क्षेत्रमा इरानबाट भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका एक नेपालीको मृत्यु भएको छ। कुवेतस्थित नेपाली राजदूतावासले सार्वजनिक गरेको आधिकारिक सूचनाअनुसार सन् २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा तेह्रथुमका ४५ वर्षीय सोमकुमार तामाङको दुःखद निधन भएको हो।
मृतक तामाङ तेह्रथुमको आठराई गाउँपालिका–६, चुहानडाँडा, हात्तिखर्क निवासी हुन्। उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेको जनाइएको छ। घटनापछि कुवेतको परराष्ट्र मन्त्रालयले कुवेतस्थित नेपाली राजदूतावासलाई घटनाबारे आधिकारिक जानकारी गराएको दूतावासले जनाएको छ। प्राप्त जानकारीअनुसार कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा तामाङको ज्यान गएको हो।
Read full story at source (annapurnapost.com)