राष्ट्रपति पौडेलले गरे पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल
annapurnapost.com · Fri Jul 31 12:20:52 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायत तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको छलफलमा उनीहरूले उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
Read full story at source (annapurnapost.com)