तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग, सद्भाव कायम राख्न अपिल
shilapatra.com · Fri Jul 31 12:21:31 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी नेकपाले सुनसरी, सिरहा लगायत तराई–मधेशका विभिन्न क्षेत्रमा भएका हिंसात्मक घटनाबारे उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई–मधेशमा गम्भीर परिस्थिति उत्पत्तिका कारणहरू, झडपका घटनाहरू तथा स्थानीय प्रशासन एवं सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्ने निर्णय गरेको हो ।
बैठकले पछिल्लो समय सामाजिक सद्भाव कायम राख्न विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सामाजिक क्षेत्रबाट भएका पहलको स्वागत गरेको छ । यस्ता प्रयासलाई निरन्तरता दिन सबै पक्षसँग आग्रह पनि गरिएको छ ।
Read full story at source (shilapatra.com)