बाढीपीडितलाई जगरनाथपुरद्वारा १५ लाख सहयोग
ratopati.com · Sun Aug 30 17:26:02 GMT 2026

पर्सा । रसुवा र नुवाकोटमा आएको बाढीका कारण प्रभावित बनेकाको उद्धार, राहत तथा पुनः स्थापनाका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले रु १५ लाख आर्थिक सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख ५१ हजार सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले विपद् व्यवस्थापन कोषको रकमसँगै गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिको एक महिनाको तलब भत्ता तथा सुविधा बराबरको रकम र कर्मचारीबाट नेपाल सरकारले तोकेबमोजिमको रकम सङ्कलन गरी कुल रु १५ लाख सहयोग गर्ने बताए ।
Read full story at source (ratopati.com)