जग्गा विवादले अल्झियो विमानस्थल निर्माण
ekantipur.com · Mon May 20 16:45:32 UTC 2024

कञ्चनपुर — मझगाउँ विमानस्थल निर्माणको काम सुरु भएको अढाइ वर्ष भयो । विमानस्थलको रन वेदेखि, ट्याक्सी वे, एप्रोन र टर्न प्याडलगायतको निर्माण पनि भइरहेको छ । तर अझै पनि निर्माणस्थलको जग्गाको विवाद भने टुगिंएको छैन । उक्त जग्गाको भोगाधिकार लिन नसक्दा निर्माण कार्य नै प्रभावित हुने देखिएको छ ।
विमानस्थलको दक्षिणतर्फ रहेको रत्नबाटिका र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले खेल मैदानको रुपमा प्रयोग गरिरहेको जमिनको विषयमा सुरुदेखि नै विवाद थियो । उक्त जमिनमा विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन हुन नसक्दा निर्माणमै अवरोध हुन थालेको छ ।
Read full story at source (ekantipur.com)