दश पटकका सगरमाथा आरोही पुरबहादुरको पाकिस्तानको हिमपहिरोमा परी निधन
barnanmedia.com · Fri Jul 31 12:52:04 GMT 2026

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुरुङको निधन भएको छ। उनको पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी निधन भएको हो ।
३८ वर्षीय गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक तथा आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरेका थिए । लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय रहँदै उनले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएका थिए ।
Read full story at source (barnanmedia.com)