समितिमा विधेयक रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्न सभामुखको आग्रह
baahrakhari.com · Fri Jul 31 12:59:21 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गरी समयमै टुंगोमा पुर्याउन आग्रह गरेका छन् । संसदीय समितिका सभापति तथा सचिवहरूसँगको छलफलमा सभामुखले विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गरी आवश्यक परिमार्जनसहित पेस गर्न सुझाव दिएका हुन् ।
सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमनका क्रममा स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए । “अनुगमन र अवलोकन गर्दा निश्चित कार्यविवरण बनाएर गर्नुहोस् । कानुन र विधिको पालना गर्दै अनुगमन गर्नुहोस्,” उनले भने ।
Read full story at source (baahrakhari.com)