बिजुलीको भ्याट हटेन, महसुल घटाएर अर्थमन्त्री वाग्लेलाई काउन्टर दिँदै ऊर्जामन्त्री श्रेष्ठ
shilapatra.com · Fri Jul 31 13:38:24 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लिएको करनीतिका कारण प्रधानमन्त्री वालेन्द्र शाह बालेन मात्र होइन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पनि असन्तुष्ट देखिएका छन् । बजेटमार्फत अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कसँगै बिजुलीको महसुलमा ५ प्रतिशत भ्याट लगाएका छन्, जसले आफ्नो नेतृत्वमा रहेको ऊर्जा मन्त्रालय प्रभावित बनेको मन्त्री श्रेष्ठले महसुस गरेका छन् ।
तर, सोही बजेटमार्फत अर्थमन्त्री वाग्लेले बिजुलीको महसुलमा लगाएको ५ प्रतिशतको भ्याट भने हटेको छैन । आर्थिक विधेयक, २०८३ मार्फत मन्त्री वाग्लेले ५० युनिटभन्दा माथिको विद्युत् खपतमा प्रत्येक युनिटमा ५ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेका छन् ।
Read full story at source (shilapatra.com)