गृहमन्त्री सिरहाको लहानमा, मृतक यादवको घरमा जानेबारे छलफल
annapurnapost.com · Fri Jul 31 13:49:19 GMT 2026

सिरहा : गृहमन्त्री सुदन गुरुङ सिरहाको लहान आइपुगेका छन्। सिरहा आइपुगे लगत्तै उनी सुरक्षा निकाय र रास्वपा सांसदहरुसँग छलफलमा जुटेका छन्।
लहान नगरपालिका कार्यालयमा सुरक्षा निकाय र सांसदहरूसँग मृतक गणेश यादवको घर कतिबेला जानेबारे छलफल सुरु गरेका छन्। सुनसरीको घटनालाई लिएर हिजो सिरहाको गोलबजारमा आन्दोलनको क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो।
Read full story at source (annapurnapost.com)