राष्ट्रपति पौडेलले गरे पूर्व राष्ट्रपति यादव र पूर्व उपराष्ट्रपति झासँग छलफल
makalukhabar.com · Fri Jul 31 13:56:08 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राखेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
Read full story at source (makalukhabar.com)