कप्तानगन्ज घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग
barnanmedia.com · Fri Jul 31 14:28:50 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कप्तानगन्जलगायत तराई-मधेशका घटनाको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
शुक्रबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो। बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञिप्तमा भनिएको छ, ‘यस्तो गम्भीर परिस्थिति उत्पत्तिका कारणहरू, झडपका घटनाहरू तथा स्थानीय प्रशासन एवं सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न यो बैठक सरकारसँग माग गर्दछ।’
Read full story at source (barnanmedia.com)